च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् 'रिभर्स रिपो' जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसरी बैंकमा रकम थुप्रिन थालेपछि राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरेर पैसा जम्मा गर्न लागेको हो ।
आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट तान्नका लागि रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकमा पैसा राख्नका लागि बैंक तथा वित्तीय संस्थाले अहिले ३ बजेसम्म बोलकबोल गर्ने समय पाएका छन् ।
यो आर्थिक वर्षमा राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको आज चौथो पटक हो । यसअघि यही असार ७ गते १० अर्ब रुपैयाँको, १० गते २० अर्ब रुपैयाँको र गएको चैतमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो ।
पैसा थुप्रिन थालेपछि अहिले बैंकहरूले धमाधम ग्राहक खोजिरहेका छन् । केही बैंकले त ठूला उद्योगीलाई फोन नै गरेर ऋण लैजान आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dirga Man rai
July 6, 2023, 11:08 a.m.Loan hami sano byapari byabasaya garne lai dinus na ani Ramro hunxa ta