फेरि घट्यो हवाई भाडा, कहाँ कति कम ?

 असार १९, २०८० मंगलबार १४:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो साेमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हाे । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाण्डौ–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाण्डौ–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाण्डौ–जनकपुरको एक सय ८० र काठमाण्डौ–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ ।

घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया