च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार ३९ दशमलव २६ अङ्कले घटेको छ । हिजो मङ्गलवार सामान्य बढेको नेप्से आज उच्च अङ्कले घटेर दुई हजार ४९ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा जीवन बिमा समूहको शेयर चार सय नौ र निर्जीवन बिमा समूहको शेयर तीन सय १० अङ्कभन्दा धेरैले घटेको छ ।
नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ । हिजो दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन अर्ब सात करोड रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज दुई सय ७७ वटा कम्पनीका शेयर कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने दुई सय आठ वटाको घटेको छ । दुई वटा कम्पनीको शेयर मूल्य घटबढ भएन । आज बीपीडब्ल्यू लघुवित्त र मोदी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । मोदी इनर्जीको शेयर आज पहिलो कारोबारमै नकरात्मक सर्किट लागेको हो । समग्रमा बजार घटेको दिन आज सिटी होटल र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।