नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – विश्वभ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ ।
उहाँ अस्वस्थ भएकाले कार्यक्रम रद्द गरिएको हो । आइतबार केहीबेरका लागि चन्द्रागिरीमा लगिएको ट्रफी साेमबार एक बजेदेखि सर्वसाधारणका लागि काठमाडाैंको बसन्तपुरमा प्रदर्शनीमा राखिने कार्यक्रम छ ।
चन्द्रगिरिमा नेपालका पूर्व कप्तानहरु उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् । शुक्रबार काठमाडौं ल्याइएको ट्रफि शनिबार पोखरा लगेर फेरि काठमाडौंमै फिर्ता ल्याइएको थियो ।
सन् २०१९ मा हुने विश्वकप क्रिकेट अघि विभिन्न देशमा ट्रफीलाई टूर गराउने अभियान अन्तर्गत आईसीसीको ट्रफी नेपाल ल्याएको हो ।
विश्वकप ट्रफी टूर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।