च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओमा परेको फर्जी आवेदनको अनुसन्धान प्रहरीमार्फत अघि बढाउने र आईपीओ पुनः खोल्न सक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको यो निर्णयसँगै अब घोराही सिमेन्टको आईपीओ भरेकाहरूले आवेदन रद्द गरेर खातामा पैसा फिर्ता गर्न सक्नेछन् भने आवेदन जारी राख्न वा थपघट गर्न पनि पाउनेछन् ।
बोर्डका अनुसार आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने छन् । कम्पनीले तोकेको परिमाणमा आईपीओमा आवेदन नपरेमा यसअघि १५ दिनको समय थप हुने व्यवस्था रहेकोमा घोराही सिमेन्टले भने जम्मा सात दिनमात्रै थप गर्न पाउने भएको छ । यो कम्पनीले यसअघि पाँच दिन आवेदन खुला गरिसकेकाले अब सात दिनमात्रै खुलाउन पाउने बोर्डले जनाएको छ ।
यस्तै बोर्डले कम्पनीको आईपीओमा आफ्नो खातामा भएको भन्दा धेरै रकमको आवेदन दिएकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ । केही व्यक्तिले खातामा पैसा नै नभई १० लाख कित्ताका दरले आवेदन दिएर घोराही सिमेन्टमा निकै धेरै आवेदन परेको भ्रम फैलाएका थिए ।
घोराही सिमेन्टले गएको जेठ ३२ गते चार सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले प्रिमियम मूल्यमा ६९ लाख ११ हजार छ सय ७० कित्ता शेयरको आईपीओ जारी गरेको थियो । तर आईपीओको आवेदनमा बदमासी भएको भन्दै धितोपत्र बोर्डले यही असार ४ गते कम्पनीको शेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak Gautam
July 5, 2023, 6:50 p.m.आबेदन कसरि फिर्ता लिने हो कै सुजाब दिनु न