मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो
माघ ८, २०८१ मंगलबार
तेह्रथुम – तेह्रथुममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि जिल्लामा पनि कार्यालय स्थापना भएको हो । कार्यालयको नेकपाका केन्द्रीय सदस्यद्वय डाक्टर विजय सुब्बा र दुर्गाप्रसाद चापागाईंले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
नेकपाले तत्कालीन नेकपा एमालेको कार्यालयमा पार्टी कार्यालय राख्ने र नेकपा माओवादी केन्द्रको कार्यालयमा जनवर्गीय र पेशागत संगठनको कार्यालय राख्ने सहमति भएको जनाएको छ । नेकपाको प्रदेश १ पदाधिकारी बैठकले जिल्लामा पार्टी र जनवर्गीय संगठनहरुको एकीकरण प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको थियो ।
सोही कार्यदलकोे बैठकले पार्टी कार्यालय स्थापना गर्ने, दुई पार्टीका चल अचल सम्पत्ति एकीकृत गर्ने, नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीको संरचना तथा सिफारिसका लागि स्थानीय तहस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलले पत्रकार सम्मेलन गर्दै स्थानीय कार्यदललाई स्थानीय तहमा पार्टी र सबै जनवर्गीय संगठनमा साझा सहमतिबाट सूची तयार गरी सिफारिस गर्न सर्कुलर गरेको जनाएको छ । तेह्रथुममा दुई पार्टी मिलेपछि ५ सदस्यीय जिल्ला हेडक्वाटर, ३५ सदस्यीय सचिवालय र १ सय ३५ सदस्यीय जिल्ला कमिटी रहने सहमति भएको छ ।
जिल्ला, नगर, गाउँ तथा वडास्तरका कमिटी समेत तत्कालिन एमालेबाट ६० प्रतिशत र माओवादी केन्द्रबाट ४० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले बताउनुभयो ।
कार्यदलले तत्काललाई जिल्लामा पार्टी सचिवालय सन्चालन गर्न जिल्ला अध्यक्षमा सिफारिस भएका भुपतिलाल श्रेष्ठ र सचिवमा सिफारिस भएका प्रकाश इम्सङलाई जिम्मेवारी दिएको छ ।
कार्यदलले जिल्लाका नगर कमिटीहरु ८१ सदस्यीय हुने सहमति गरेको छ । यस्तै गाउँपालिकास्तरीय कमिटीहरु ७५ सदस्यीय र सबै वडा कमिटीहरु २९ सदस्यीय रहने कार्यदलले सहमति जुटाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।