कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – पशु सेवा विभागले पशुमा देखिने लम्पी स्किन रोगको उपचार गर्न सबै पालिकालाई आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएको भन्दै विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको हाे ।
विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले विज्ञप्ति निकालेर लम्पी स्किन रोग फैलिने गएकोले उपचारमा ध्यान दिन पालिकासँग आग्रह गर्नुभएको हो । विभागले महामारी नियन्त्रण गर्नका लागि रोग फैलिएका पालिकाहरुमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र पालिका तहमा सम्पर्क व्यक्ति तोकेको काफ्लेले जानकारी दिनुभयो । विभागले लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । गएको चैतदेखि फैलिएको लम्पी स्किन सङ्क्रमणबाट २५ हजारभन्दा धेरै पशु मरेका विभागले जनाएको छ ।
देशभर सङ्क्रमित झण्डै सात लाख नौ हजार पशुमध्ये चार लाख ५३ हजार पशु निको भइसकेका छन् । अहिले पनि दुई लाख २९ हजार पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ । कोशी प्रदेशबाट फैलिएको रोग मनाङबाहेक सबै जिल्लामा फैलिसकेको छ । सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागले जनाएको छ ।
विभागकाअनुसार सङ्क्रमणबाट प्रभावित एक लाख ८० हजारभन्दा धेरै पशुलाई खोप लगाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि विभागले अहिलेसम्म सात लाख ३७ मात्रा खोप आयात गरेको छ ।
लम्पी स्किन गाईभैँसीमा भाइरसको कारणले लाग्ने महामारी रोग हो । यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोला गिर्खा तथा गाँठाहरु देखिने, र्याल सिँगान वग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निनेजस्ता लक्षण देखा पर्दछन् ।
यस रोग बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दूधालु र गर्भिणी गाईभैँसीलाई असर गर्ने गर्दछ । गोरुलाई समेत सङ्क्रमण हुँदा अहिले पहाडी क्षेत्रका धेरै ठाउँमा रोपाइँको कामलाई प्रत्यक्ष असर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बिनोद ढुङ्गाना।
July 9, 2023, 7:39 p.m.यसको भरपर्दो उपचार के छ।रोग लागिरहेका पसुलाइ पनि भ्याक्सिन लगाउन मिल्छ।
Nabin magar
July 9, 2023, 11:37 a.m.मेरो दुई गोरु मरिसके अरु पनि विरामी छन गाउँ पालिका भेट्नरीलाई फोन गर्दा सम्भव छैन खर्च नपर्नु भन्नुहुन्छ।
पुजा
July 8, 2023, 8:35 p.m.के याे राेग लागेका जनावरहरुलाइ निकाे हुन्छ त