एनभीए भलिबल क्लब लिगमा पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिसको विजयी सुरुवात

 असार २३, २०८० शनिबार ११:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

आज भएको पहिलो खेलमा महिला तर्फ पुलिस क्लबले गण्डकी प्रदेशलाई र पुरुषतर्फ आर्मीले सैलुङ बागढुङ्गा स्पोट्र्स क्लबलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा महिलातर्फ पुलिसले गण्डकीलाई २५–१०, २५–१० र २५–११ ले हरायो ।

महिलातर्फ नेपाल पुलिससहित त्रिभुवन आर्मी, न्यू डायमण्ड स्पोट्र्स क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर गरी ६ टोली सहभागी छन् । त्यस्तै पुरुषतर्फको आजको पहिलो खेलमा आर्मीले सैलुङ बागढुङ्गालाई २५–८, २५–१३ र २५–१७ ले हरायो । पुरुषतर्फ आर्मीसहित हेल्प नेपाल स्पोट्र्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब गरी ७ टोली छन् ।

पुरुषतर्फ आजको दोस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा आजको अन्तिम खेलमा दिउँसो २ बजे एपीएफ र दावलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ । यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया