अर्घाखाँचीमा हल गोरु पाल्ने किसानलाई सम्मान
माघ ८, २०८१ मंगलबार
सप्तरी – संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवले संघर्षकै बलमा संविधान संशोधन गर्न नेकपालाई बाध्य पार्ने बताउनु भएको छ ।
सप्तरीको डाक्नेश्वर नगरपालिकामा आइतबार आयोजित पार्टीको नगर कार्यालय उद्घाटन एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । अहिलेसम्मकै राजनीतिक इतिहासमा मजबुत सरकार पाएको बताउँदै उहाँले भन्नुभयो ‘संविधान संशोधन गर्ने शर्तमा फोरम नेपालले वर्तमान सरकारलाई समर्थन दिएको छ, संविधान संशोधन गरिएन भने पार्टी सरकारमा रहँदैन ।’
देशमा संघीय समाजवादी फोरमकै संघर्षका कारण संघीयता आएको बताउँदै उहाँले संघीयतालाई असफल पार्न नेकपा र नेपाली कांग्रेसकै केही शक्तिहरु सक्रिय रहेको आरोप लगाउनुभयो । ‘देशमा संघीयता त्यसै आएको होइन, फोरमको आन्दोलन र जनताको बलिदानीबाट प्राप्त भएको यो संघीयतालाई हामी गुम्न दिँदैनौँ’ उहाँले भन्नुभयो ‘संघीयतालाई सफल पार्नका लागि हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं ।’
प्रदेश २ को सरकारले छोटो समयमै आफ्नो कामकार्वाहीलाई कुशलतापूर्वक अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । केही समय अघिमात्रै पास भएको प्रहरी भर्नासम्बन्धी विधेयक प्रशंसनीय रहेको बताउँदै फोरम उपाध्यक्ष यादवले भन्नुभयो ‘अहिले पनि मधेशी जनताको प्रहरीमा पहुँच छैन, प्रहरीमा मधेशी युवाको सामूहिक प्रवेश हुनुपर्ने सुरुदेखिकै अवधारणा थियो, अब पूरा हुने बेला आएको छ ।’ प्रदेश २ का तीन हजार युवाले प्रहरीमा जागिर पाउनु मधेश आन्दोलनको उपलब्धी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अशोककुमार यादवलले फोरम आफ्नो मुद्दामा अडिग रहेको भन्दै विपक्षीहरुको भ्रममा नपर्न आग्रह गर्नुभयो । देशमा संघीयता कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले अझैं पनि संघीय सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।