च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
कालीकाेट - तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरकाे कालीकोट खण्ड सञ्चालनमा आएकाे छ । वर्षाका कारण पहिराे जाँदा बन्द भएको कर्णाली करिडोर खुलेको हो ।
ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि हिजाेदेखि खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।
कालीकोटकाे नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा आएको पहिराेले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताउनुभयो ।
'करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ', उहाँले भन्नुभयो, 'सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।' वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।