च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
खाेटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरका मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा शनिवार हिजाे भएको छलफलबाट याे व्यवस्था हटाउने निर्णय भएकाे हाे ।
तत्कालीन नगरका मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यावहारिक भएको भन्दै जिल्लामा रहेकाे शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।
नगर कार्यपालिकाको आउँदाे बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ) लाई निष्क्रिय गर्ने, आउँदाे नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ । नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन् ।
नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ) मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । याे व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै शिक्षकहरूले पटक–पटक विरोध गर्दै आएका थिए ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत खाेटाङका सबै शिक्षक सङ्घ/सङ्गठनले तत्कालीन नगरका मेयर रिजाल र उपमेयर राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गएकाे पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गएकाे असार १० गते सम्पन्न नगरसभाबाट त्याे बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै मेयर भट्टराईलाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।