अखाद्य सामग्री बिक्री गर्ने पसललाई महानगरले १ लाख ५० हजार रुपैयाँ जरिबाना तिरायाे

 असार २४, २०८० आइतबार १९:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले लाजिम्पाटमा रहेकाे आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । किरा र ढुसी परेको मिठाइ बेचेको भेटिएपछि महानगरले जरिबाना गराएको हो ।

आकाश फुड्सले केही दिनअघि सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री/वितरण गरेको भेटिएको थियो । महानगरले सात दिनभित्र बजार अनुगमन समितिको खातामा रकम जम्मा गर्न आदेश पनि दिएको छ । तोकिएको समयभित्र जरिबाना नतिरे थप कारबाही हुनेसमेत महानगरले पसल सञ्चालकलाई जानकारी गराएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Babushree pokhrel

    July 10, 2023, 12:52 a.m.

    महानगर ले कानुन नै संसोधन गरेर जरिवाना को दायरा नै बडाउनु पर्छ;नेपाल को कानुन एकदमै फितलो त्यसमाथि जरिवाना पनि उचित छैन ।कुनै पनि व्यावसायी ले कुनै गलत निर्णय लिदा यो सोचोस कि कतै मेरो ब्यबसाय नै धराप मा पर्ने त होइन!!तब मात्रै सुधार हुन्छ बिदेश मा जस्तैः

  •  0 Reply

तपाईको प्रतिक्रिया