च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाकाे छानबिन हुने भएको छ ।
नेपाल भलिबल सङ्घले खेलका क्रममा भएको हातपातको घटनाकाे छानबिन गर्ने निर्णय गरेको छ । सङ्घको कार्यसम्पादन समितिको हिजो बेलुका बसेको आपत्कालीन बैठकले सङ्घका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिलाई छानबिन गरेर यही असार ३० गतेभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका छन् । खेलमा आजदेखि थप सुरक्षा व्यवस्था बढाइने भएको छ ।
गण्डकी प्रदेशका एक समर्थकले आर्मीका खेलाडीको नाम नै तोकेर कारबाहीको माग राख्दै सङ्घमा निवेदन समेत दर्ता गराएका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हिजो भएको तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अमृता गुरुङ
July 12, 2023, 7:32 a.m.दर्शक आल्नाे आफ्नाे समर्थन हन्छ तर दर्शकले भनेका कुरालाई लिएर खेल खेलिरहेकाे खेलाडिले गई हातपात गर्नु राम्रो हाेेईननि खेलमा अनुशासन भएन भने राम्रो खेल देखाए पनि राम्रो मानिदै अन्तर्राष्ट्रिय स्थरकाे खेलाडिकाे अनुशासन भएन यदि त्यो खेलाडिलाई कार्वाही भएन भने अरु खेलाडिले पनि त्येहि कुरा सिकिन्छ ।