पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
दैलेख – आफ्नै छाेरीलाई बलात्कार गरेकाे कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक पुरुषलाई ३३ वर्षकाे कैद सजाय सुनाएकाे छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार हिजाे यस्ताे फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो।
गएको चैत १ गते १७ वर्षीया छाेरीलाई बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।
बलात्कार गरेको पुष्टि भएपछि हाडनाता करणीमा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजायमा ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैदकाे सजाय सुनाइएकाे अदालतको फैसलामा उल्लेख छ ।
सोमवार हिजाे भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।