मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शव भेटियो

 असार २६, २०८० मंगलबार १२:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु - बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेमा रहेको लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्नु भएको छ । हेलिकप्टरमा चालकसहित ६ जना विदेशी यात्रु थिए ।  क्याप्टेन चेत गुरुङले हेलिकप्टर उडाउनु भएको थियो । हेलिकप्टरमा रहेका पाँचै जना मेक्सिकोका नागरिक रहेका लुक्ला विमानस्थलका  एटीसी अफिसर सागर कँडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । अहिलेसम्म ४ जनाको मात्रै शव भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । दुर्घटनास्थलमा काठमाण्डौबाट गएको अल्टिच्युड एअरको हेलिकप्टर पुगेको छ । उद्धारको काम  भइरहेको छ ।   
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash kawar

    July 11, 2023, 2:09 p.m.

    🥺🥺🥺🥺🥺🥺🥺🥺

  •  0 Reply

तपाईको प्रतिक्रिया