च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
दार्चुाल – महाकाली नदीले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बगाएको छ । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि नदीमा बढेको बहावले कटान गर्दा घर बगेको हो ।
नेपालतर्फ पनि महाकाली नगरपालिका वडा नम्बर १ र दुहु गाउँपालिका वडा नम्बर ३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । अहिले नदीले खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताउनुभयो । लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ ।
भारततर्फ एउटा घर बगाएको जानकारी आएको र नेपालतर्फ घरमा क्षति नभए पनि खेत कटान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । आज बिहान ५ बजेदेखि खोलिएको बाँधको ढोका बेलुका ८ बजेसम्म खुला रहनेछन् ।
दार्चुलाको सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा पनि पानीको बहाव आउन थालेको छ । त्यस क्षेत्रमा भारतले नेपालले भन्दा अग्लो तटबन्ध निर्माण गर्दा नदीको बहाव यतातर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ । महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को सिमानाको बस्ती श्रीबगर उच्च जोखिममा रहेको छ । त्यहाँ एक वर्ष अगाडि पनि बाढीले जनधनको क्षति गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।