नेपाली उत्पादनलाई 'ब्रान्डिङ' गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

 असार २६, २०८० मंगलबार १८:५२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई 'ब्रान्डिङ' गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई मङ्गलवार नेपाल फर्किएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालले पनि आफ्ना उत्पादनहरू ब्रान्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँ (गुइयाङ प्रान्त) को स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर विश्वबजारमा पुर्‍याएकाे देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सीलाई ब्रान्डिङ गरेर पठाइँदाे रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्रान्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’

उपसभामुख राना नेतृत्वको संसदीय टोली हिजाे साेमवार राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधिसभाका सदस्यहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया