मनाङ एअरकाे हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनायाे

 असार २६, २०८० मंगलबार १९:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाएकाे छ । 

मङ्गलवार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिनुभयो ।

मङ्गलवार बिहान मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकाेका नागरिककाे ज्यान गएकाे छ ।

 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prem sedhai

    July 11, 2023, 7:28 p.m.

    सत्य तथ्य कैल्री बाहिर आउने होइन किन बनाउनु जाछ बुझ समिती।आज सम्म भए भरको दोश जति सबै क्याप्टेन लाइ नै दिने हो हाम्रो देशमा।

  •  0 Reply

तपाईको प्रतिक्रिया