हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकाे शव काठमाण्डाै ल्याइयाे

 असार २६, २०८० मंगलबार १९:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइएकाे छ । 

अल्टिच्युड एअरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव काठमाण्डाै ल्याइएको हो । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

आज बिहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका सबै छ जनाकै ज्यान गएको थियाे । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित पाँचै जना मेक्सिकन नागरिक रहेका छन् ।

सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।

यसैबीच मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएकाे छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया