अर्घाखाँचीमा हल गोरु पाल्ने किसानलाई सम्मान
माघ ८, २०८१ मंगलबार
काठमाडाैं - राष्ट्रपति विद्या भण्डारीले सोमबारदेखि कतारको औंपचारिक भ्रमण गर्नु हुने भएको छ ।
आइतबार अपराह्न बसेको मन्त्रीपरिषद बैठकले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि राष्ट्रपति भण्डारीको ३ दिने कतार भ्रमण स्वीकृत गरेको हो ।
राष्ट्रपति भण्डारीको कतार भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध र सहयोग विस्तार रहेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीसम्बन्धी छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।
मन्त्रीपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना तथा रोजगारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई दिएको छ ।
त्यसैगरी बैठकले गोर्खापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।
सरकारले सबै सरकारी निकायमा विद्युतीय प्रणालीबाट पत्राचार गर्न विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका पनि नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।