झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार २७, २०८० बुधबार १८:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । झापा गाउँपालिकामा रहेको लक्ष्मीमार्ग सडक खण्डअन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाएको झुटाे भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बाइस लाख नौ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगले अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाविरुद्ध मुद्दा चलाएको हो ।

यस्तै आजै आयोगले सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले प्रदेशका आठ वटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको ठहर भएको आयोगका सहायक प्रवक्ता थपलियाले बताउनुभयो । साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया