आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार २८, २०८० बिहीबार ७:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा वर्षासँगै हावाहुरी चल्ने अनुमान छ ।

पानी पर्ने सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेकाले भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।  

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया