मेची राजमार्ग, तमोर करिडोरसहित बेसीसहर–चामे सडक बन्द, १६ वटा सडक एकतर्फी सञ्चालनमा

 असार २८, २०८० बिहीबार ७:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढी पहिरोका कारण मेची राजमार्ग, तमोर करिडोरसहित लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक बन्द छन्।

सडक विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ।

यस्तै, तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माँझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड अवरुद्ध छ।

लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडक पनि अवरुद्ध छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले यो सडक अवरुद्ध भएको हो।

बेसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेसीसहर चामे सडक खण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर–२ स्यार्कु खोलाको काठे पुल निर्माण गरिँदैछ । यो ठाउँमा वैकल्पिक सडक मार्ग नहुँदा यातायात प्रभावित छ । अहिले १६ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

पाल्पाको तानसेन–रिडी, कोरला सडकको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर, चामे सडकखण्डको लमजुङमा, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिलेको मुडे, हाइटार र दोभानमा सडक एकतर्फी छ । पाल्पाको हिउँदे खोला, दैलेखको दहिखोलालगायत ठाउँमा पनि सडक एकतर्फी रहेको विभागले जनाएको छ ।

काठमाण्डौ जोड्ने मुख्य लाइफलाइनका रुपमा रहेको मुग्लिन–नारायणगढ सडकमा अहिले नियमित रुपमा गाडी चलिरहेका छन् ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया