पेनाल्टीले जोगियो क्रिष्टल प्यालेस

 कात्तिक १२, २०७५ सोमबार ७:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंङ्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् । क्रिष्टल प्यालेसले दुबै गोल पेनाल्टीमार्फत गर्दै आर्सनलमाथि बराबरी गर्न सफल भएको हो । 

पहिलो हाफको अतिरिक्त समयमा कप्तान लुका मिल्भोजिकले पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । आर्सनलका सोक्द मुस्तफीले डी बक्सभित्र क्रिष्टल प्यालेसका चेकु कौटेलाई लडाएपछि पेनाल्टी पाएको हो । पेनाल्टीलाई क्रिष्टलका कप्तान लुका मिल्भोजिकले गोलमा परिणत गरेका थिए । 

पहिलो हाफमा १ गोलले पछि परेको आर्सनलले दोस्रो हाफको सुरुमा थप दुई गोल गर्दै २–१ को अग्रता लिएको थियो । आर्सनलका लागि गारेन्ट साकाले ५१ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । साकाले फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै बराबरी गरेका हुन् । 

बराबरी गरेको ५ मिनेट पछि नै आर्सनलले २–१ को अग्रता लिएको थियो । आर्सनलका लागि ५६ औं मिनेटमा पेरर अबुम्याङले गोल गर्दै २–१ को अवस्थामा लगेको थिए । तर क्रिष्टलले ८३औं मिनेटमा फेरि पेनाल्टी प्रहार गर्ने अवसर पायो । यति बेला पनि कप्तान लुका मिल्भोजिकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । 

विलफर्डलाई डी बक्स भित्र साकाले लडाएपछि क्रिष्टलले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । २–२ गोलको बराबरी पछि दुवै टिमले एक एक अंक बाँडेका छन् । जारी लिग तालिकामा आर्सनल चौथो स्थानमा छ भने क्रिष्टल प्यालेस १४औं स्थानमा छ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया