कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना

 असार ३१, २०८० आइतबार १३:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएकाे छ । 

नगरसभाबाटै यस्ताे निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयाे । 'मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ', उहाँले भन्नुभयो, 'भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।'

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनु भयाे । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयाे । 'बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ', उहाँले भन्नुभयो, 'यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।'

कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । 

तस्बिर : कनकाई नगरपालिकाकाे फेसबुक पेज 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सरोज खड्का

    July 16, 2023, 8:43 p.m.

    नया र नौलो काम गर्ने होडबाजिले गाउपालिका प्रमुखहरु हडबडिदा यस्तै निणय गर्छन । हर्क र बालेनको सिको गर्न उनिहरुकै दिमाग पनि चाहिन्छ । अन्यथा पतनको गन्तब्य टाढा छैन । नजिकैको प्रशासन र सरकारि निकायमा भएको अनियमितता ध्यान कहिले जान्छ ? बजारमा भएको कालोबजारिको वास्ता कस्ले गर्ने ? सहर प्रदुशणले डुङ डुङ गनाएको छ । यता सुर्तिजन्य पदार्थ बेच्नेलाइ जरिवाना रे ? भगवान यो मनपरि रोकियोस

  •  0 Reply

तपाईको प्रतिक्रिया