पर्वत जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या दुई पुग्याे

 असार ३१, २०८० आइतबार १३:३९:१७ | रासस
unn.prixa.net

पर्वत - पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएकाे छ । योसँगै ज्यान गुमाउनेकाे सङ्ख्या दुई जना पुगेको छ । 

दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा  ज्यान गएकाे हाे । पोखरामा रहेकाे गण्डकी मेडिकल कलेजमा उपचारकाक्रममा बालकको ज्यान गएकाे पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, दुर्घटनामा परि सात वर्षीया बालिका शीतल विकको ज्यान गएकाे छ । पर्वतको कुश्मा बजारबाट दुर्लुङका  लागि छुटेकाे ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने ठाउँमा दुर्घटना भएको हाे । दुर्घटनामा घाइते भएका अन्य १० जनाकाे उपचार भइरहेकाे छ । 

घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएको छ । कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।  बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । 

यात्रुवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया