एसईईमा जिल्ला 'टप' गर्ने विद्यालयलाई ५ लाख पुरस्कार

 असार ३१, २०८० आइतबार १५:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बुकाे गार्मा मावि

सोलुखुम्बु – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गार्मा माध्यमिक विद्यालयलाई सोलुदुधकुण्ड नगरपालिकाले पाँच लाख रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ ।

नगर कार्यपालिका बैठकले जिल्ला 'टप' गर्ने गार्मा माविलाई पाँच लाख र छात्रा बबिता कार्कीलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । सोलुदुधकुण्ड–७ मा रहेकाे विद्यालयकी छात्रा कार्कीले ३ दशमलव ७० जीपीए प्राप्त गर्दै जिल्ला टप गरेकी हुन् । गार्मा माविबाट यस वर्ष सामान्य धारतर्फ २७ र प्राविधिक (कृषि) धारतर्फ १७ गरी ४४ जना एसईईमा सहभागी भएका थिए । जसमा ३५ जनाले ३ जीपीएभन्दा बढी प्राप्त गरेका छन् ।

जिल्लाकै नमुना यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको छ । विद्यालयले निजी विद्यालयसरहको शिक्षा प्रदान गर्दै आएको अभिभावक बुद्धिबहादुर विश्वकर्मा बताउनुहुन्छ । 

कक्षा १२ सम्म पढाइ हुँदै आएको विद्यालयमा अहिले पाँच सय ६० जना विद्यार्थी र ३० जना शिक्षक रहेका विद्यालयका प्रधानाध्यापक विनाेद सिं तामाङले जानकारी दिनुभयाे । विद्यालयमा छात्रावासकाे पनि सुविधा छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janak

    July 19, 2023, 4:33 p.m.

    5 lakha school lai hoin student lai dinu uttam hola usko vbisseko lagi

  •  0 Reply

तपाईको प्रतिक्रिया