सहज रुपमा नुन नपाएकाे भन्दै जुम्लामा साल्ट ट्रेडिङकाे डिपोमा ढुङ्गामुढा

 साउन २, २०८० मंगलबार ६:३२:१ | रासस
unn.prixa.net

जुम्ला - जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङकाे डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् । 

नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेका नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

'नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ', कार्यालय प्रमुख मल्लले भन्नुभयो, 'म सिञ्जामा नुन वितरण गर्न गएको थिएँ, अस्ति आइतवार सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेको समयमा तोडफोड हुँदा कार्यालयको मुख्य ढोकामा क्षति भएको  छ ।'

उहाँका अनुसार नुन कम भएकाले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यक्तिलाई पाँच प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले  कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेका जानकारी दिनुभयो । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उहाँको भनाइ छ । 

गएकाे वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ । यहाँको सिञ्जा क्षेत्रमा पर्ने तीन पालिकाका लागि नराकोटमा नुनको उपशाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया