पहाडी क्षेत्रमा औसतभन्दा बढी र पश्चिमी तथा मध्य तराईमा कम वर्षा

 साउन ३, २०८० बुधबार ७:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परेको छ ।

मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्ले बताएका छन् ।  

यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि पश्चिमी क्षेत्रमा झण्डै १० दिन ढिलो गरी सक्रिय भएको थियो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसपालि अहिलेसम्म पहाडी क्षेत्रमा औसतभन्दा बढी नै वर्षा भएको छ ।

यस्तै, पूर्वी तराईमा औसत पानी परेको छ भने पश्चिम र मध्य तराईमा औसतभन्दा कम पानी परेको छ।

पश्चिम र मध्य तराईमा अहिले पनि खासै पानी पर्न सकेको छैन । यसले गर्दा धान रोपाइँ प्रभावित भएको छ ।

अहिलेसम्म जनकपुरमा सबैभन्दा कम वर्षा भएको छ । जनकपुरमा यसअघिका मनसुनमा पनि कम पानी पर्ने गरेको मौसमविद् मानन्धरले बताउनुभयो ।

तर, यसको कारणबारे अध्ययन भएको छैन । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।

जुन महिना सकिसकेको छ । आज जुलाईको १९ तारिख हो । यसबीचमा देशभर ३५ प्रतिशत पानी परेको छ ।

अझै पानी पर्ने अवधि कायमै रहेकाले औसत अनुसार पानी पर्ने नपर्ने विषयमा अहिले नै भन्न नसकिने मौसमविद् मानन्धरको भनाइ छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा कम पानी पर्ने अध्ययन सार्वजनिक गरेको थियो ।

यस्तै, आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज ठूलो पानी पर्ने सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया