च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
आज बिहीवार नेपालबाट चीन लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ । विमानस्थलबाट पक्राउ परेका लिनलाई थप अनुसन्धानका लागि अध्यागमन विभागले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।
हिजो बुधवार चीनबाट आयात भएका स्कुटरका 'ब्रेक शु' मा लुकाएर ल्याएको झन्डै एक सय किलो सुन विमानस्थल भन्सारबाट बाहिरिएको थियो । सुन बाहिरिनेबित्तिकै राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
यस घटनामा भन्सार एजेन्टसहित छ जना हिजो नै पक्राउ परिसकेका छन् । भन्सार विभागले विना जाँच झन्डै एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरिसकेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
यस सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेकाहरूमा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।