महिला विश्वकपमा अस्ट्रेलियाकाे विजयी शुरुवात

 साउन ४, २०८० बिहीबार १८:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अस्ट्रेलियाले विजयी शुरुवात गरेकाे छ ।

आज बिहीवार घरेलु मैदान सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गाेलले हरायाे । अस्ट्रेलियाका लागि स्टेफेन क्याटलीले खेलकाे ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरिन् । याे जितसँगै समूह 'बी' मा रहेकाे अस्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ ।

यसअघि आजै भएकाे अर्काे खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हराएकाे छ । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया