नेपालमा संघीयता ‘खर्च न पर्च कासी जानुपर्छ’ भनेजस्तै हो : केसी

 कात्तिक १२, २०७५ सोमबार १४:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताउनुभएको छ ।

नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयम् नै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव हाल्न लागेको बताउनुभएको छ । 

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताउनुभयो । कांग्रेस एमालेले समेत संघीयता नचाहेको तर बाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै उहाँले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाइदिएको एजेण्डा भएको समेत उहाँको भनाई छ । 

साथै उहाँले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावी गर्दै नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, कासी जानुपर्छ’ भने जस्तै भएको र अहिले ठूला दलहरुलाई पनि संघीयता ‘नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भने जस्तै गलपासो भएको बताउनुभयो ।  
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया