सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ

 साउन ७, २०८० आइतबार १७:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि विभागले पक्राउ गरेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ जना पुगेको छ ।

'रेडी ट्रेडर्स' का नाममा हङकङबाट आयात भएको स्कुटरको 'ब्रेक शु' भित्र लुकाएर ल्याइएको झन्डै एक सय किलो सुन त्रिभुवन विमानस्थलबाहिर बरामद भएको थियो ।

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सीसीटीभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेशिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिइसकेको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Govinda

    July 24, 2023, 6:08 a.m.

    कारवाही अलि दरो अनुसन्धान गरी गरे त ठीकै हो तर गरे झै गरेर छोडने चलन छ कारवाही गर्नेले नै घुस नखानु !?।

  •  0 Reply
  • सुरेन्द्र कुँवर हजारी

    July 23, 2023, 8:05 p.m.

    विमान स्थलबाट जांच पास भै सकेर बाहिर आएको अहिलेको १०० किलो सुन समात्ने सुरक्षाकर्मी नेपाल प्रहरी प्रशासन हरेक तह तब्का बाट पछाडी पारिएको छ ! जसको जिम्मेवारी सामान्य घरेलु हिंशा देखि लिएर ठुलठुला अपराधिक गतिविधिहरु चोरीपैठारी , हुलदङा , चोरी डकैती , बलात्कार जस्ता अनेकौ घटनाहरुको निरिक्यौल र नियन्त्रण गर्ने काम एकदमै सहारनिय छ , तर नेपाल प्रहरी प्रशासनलाई सरकारले राम्ररी ब्यवस्थापन गर्न सकेको छैन ! कतिपय ठाउँमा त प्रहरी जवानहरुको अवस्था दयनीय देखिएको पाइन्छ भने यस्तो सुरक्षाकर्मी भनेर स्थापना गरिएको नेपाल प्रहरी जस्तो संबेदनसिल संस्थालाई सरकारले आधुनिकीकरण र ब्यवस्थित गर्नु जरुरी छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया