प्रकृति संरक्षण कोषलाई अनुकूलन कोषको नयाँ राष्ट्रिय कार्यान्वयन...
मंसिर ८, २०८१ शनिबार
‘मेनी मेन’, ‘बेस्ट फ्रेण्ड’, ‘आई गेट मनी’ जस्ता गीतबाट दर्शकको मन जित्न सफल अमेरिकी गायक एवम् र्यापर फिप्टी सेन्ट उर्फ कर्टिस ज्याक्सन यतिबेला चर्चामा रहेका छन । उनको चर्चाको कारण झनै रोचक रहेको छ । खासमा उनले आफ्ना विरोधी र्यापर जा रुललाई निच देखाउनका लागि उनले गरेको कामले उनको चर्चा भएको हो ।
र्यापर जा रुल यही नोभेम्बर ९ मा अमेरिकाको टेक्सासमा कन्सर्ट गरिरहेका छन ।र्यापर फिप्टी सेन्टले जा रुलको त्यो कन्सर्टको २०० सिट किनेका छन ।
फिप्टी सेन्टले ती सिट जा रुललाई निच देखाउनकै लागि किनेका हुन् । अब त्यो कन्सर्टका करिब २०० सिट खाली देखिनेछन् । जा रुलको त्यो कन्सर्टको २०० सिटको मूल्य करिब २ लाख २० हजार रुपैयाँ भन्दा धेरै हुन आउछ । यस कुराको खुलासा स्वयम् फिप्टी सेन्टले उनको सामाजिक सञ्जालमा रहेको अकाउन्टबाट गरेका हुन ।
र्यापर जा रुलले पनि खुशीका साथ फिप्टी सेन्टलाई जवाफ दिएका छन् । एक समयमा जा रुल र फिप्टी सेन्ट निकै मिल्ने साथी थिए । तर यी दुवैबीचको विवादका कारण अहिले कट्टर विरोधी बनेका छन् । अहिले यी दुवै सामाजिक सञ्जालमा एक अर्काको मजाक उडाउने गर्दछन् ।
I get under @50cent skin... 😜 I love it!!! 😂🤣😭 #iconn
— Ja Rule (@Ruleyork) 28 October 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।