काँकडभिट्टा नाकाबाट भन्सार छलेको १ करोड २० लाख रूपैयाँभन्दा बढीको सामान बरामद

 साउन १३, २०८० शनिबार १७:७:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा - पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद भएकाे छ । 

शुक्रवार हिजाे बेलुका साढे ७ बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरबाट सामान बरामद गरिएको हाे । 

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । 'बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन', रेग्मीले भन्नुभयो, 'कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।'

थप अनुसन्धान गरी कानुनी कारबाही लागि इटहरीमा राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कन्टेनर भन्सार भित्रबाट नआएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया