पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
नुवाकाेट – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्ले स्मृति दिवसको अवसरमा आज मङ्गलवार नुवाकाेटकाे ककनी गाउँपालिका-५ थाई पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
३१ औँ प्रकाश स्मृति दिवसको अवसरमा ३१ वटा बिरुवा रोपिएको हो । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, ककनी–५ का वडाध्यक्ष बुद्धराज तामाङ, इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमलगायतको सहभागितामा बिरुवा रोपिएको हो । ओखर, पैयुँ, कटुसलगायतका बिरुवा थाई एअर स्मृति पार्क परिसरमा रोपिएको वडाध्यक्ष बुद्धराज तामाङले जानकारी दिनुभयो ।
वातावरण संरक्षणमा वृक्षरोपणको महत्त्व रहेको बताउँदै वृक्ष र मानवको बलियो सम्बन्ध रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनुभयो ।
दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीमा २०४९ साउन १६ गते भएको थाई एअर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा ककनीमा थाई एअर स्मृति पार्क निर्माण गरिएको छ । त्यही दुर्घटनामा ज्यान गुमाएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।
इन्सेकको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल यूएन तालिम शिक्षालय ककनीको सहकार्य, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति ककनी ओखरपौवाको समन्वय र ककनी गाउँपालिकाको सहजीकरण रहेकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।