अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट

 साउन १७, २०८० बुधबार ६:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ ।

आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) ले सार्वजनिक गरेकोतथ्याङ्क अनुसार जुलाईमा पनि उत्पादन घटेर लगातार नौ महिनासम्म गिरावट आएको हो ।

अमेरिकामा पेट्रोलियम, कोइला र फर्निचरसँग सम्बन्धित उत्पादन जुलाइमा केही बढे पनि अरु १६ वटा क्षेत्रको उत्पादन घटेको छ ।

जुन महिनाको तुलनामा केही सुधार देखिए पनि समग्रता उत्पादन घटेको आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले बताउनुभएको एएफपीले जनाएको छ ।

माग कमजोर रहेकै कारण उत्पादन घटेको उहाँको भनाइ छ । विश्वको अर्थतन्त्रमा देखिएको समस्याका कारण अमेरिकामा पनि उपभोग्य बस्तुको माग घटिरहेको छ ।

यस्तै फेडरल रिजर्भको मौद्रिक नीतिमा गरिएको कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया