अधिवक्ता भगवती पाण्डे पक्राउ

 साउन १७, २०८० बुधबार १७:३४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवादास्पद अभिव्यक्ति दिएकाे आराेपमा अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले आज बुधवार पक्राउ गरेको छ ।

मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अधिवक्ता पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनीविरुद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

आज नै पाण्डेलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर सङ्घ र नेपाल तामाङ सङ्घले प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा गर्ने २८ जना पक्राउ परेका छन् ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिक्रम मोक्तान

    Aug. 2, 2023, 8:16 p.m.

    तपाईले हेडलाइन लेख्नै जानेन। यसरी लेख्नुस " प्रहरी माथि ढुङ्गा मुढा गरे पछि बल्ल भगवती पाण्डे पक्राउ " अब समाचार पनि लेखन सिकाइ दिउ की?

  •  0 Reply

तपाईको प्रतिक्रिया