नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् ।
२८ वर्षको व्यावसायिक खेल अवधिमा उनले सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् ।
बुफोनले सन् १९९५ मा पर्माबाट व्यावसायिक खेल करिअर शुरु गरेका थिए । सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।
सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए । निर्धारित समयमा एक/एक गोलको बराबरीपछि टाइब्रेकरमा इटाली ५–३ गोलले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।