नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
'अहिलेसम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाइ मन्त्रालयमा पत्राचार गर्न र त्यसाे नभएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ', मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ ।
मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।
यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।
परिपत्रमा मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले अस्पतालमा बिरामी वा बिरामीको कुरुवाले आवश्यकताअनुसार जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।