नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जाेरपाटीबाट पक्राउ

 साउन १८, २०८० बिहीबार ११:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेकाे छ । 

प्रहरीले बौद्ध, जोरपाटीलगायतका ठाउँमा नागरिकलाई डरत्रास देखाएर गैरकानुनी रुपमा रकम सङ्कलन गर्नेजस्ता आपराधिक गतिविधिमा संलग्न रहेकाे आराेपमा उनीहरुलाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङ्गा–६, रामेछाप घर भएका २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोकका ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोकका ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काठमाण्डाै पठाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया