पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ ।
वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैँले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गएकाे असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो । गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नम्बर १ का वडासदस्य बलमान गौचन र पञ्जीकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । असार २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण सङ्कलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिनुभयो ।
छानबिन समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधवारको कार्यपालिका बैठकमा पेस गरेकोे थियो । कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
वडासचिव आचार्यले बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनुका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्तासमेत आफैँले झिक्ने गरेको भेटिएको थियो । वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० रुपैयाँ हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा त्याे रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ ।
उजुरीपछि आचार्यलाई वडासचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराइएको थियो । लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार पालिकालाई नभएकाले
आवश्यक छानबिन गरेर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dipendra Chaulagain
Aug. 6, 2023, 9:16 p.m.राष्ट्रिय विद्युत प्रसारण l लाईन सुभकालिका गाउँ पालिका वडा न : ४ का वडाअध्यक्ष प्रदीप प्रसाद चौलागाई अथितिमा र वडा सदस्य मनसुरे चौलागाई र वडा मेलमिलाप संयोजक टिकाराम चौलागाई को पहल मा विद्युत ट्रासमिटर जोडान गरियो छ । अन्य बाकी काम तीब्र गति मा भैरहेको भन्दै यस् वडा अध्यक्ष प्रदीप प्रसाद चौलागाई ज्यृ ले जानकारी गराउनु भए को छ।