नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – स्पेन फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई ५–१ गोलले हरायो ।
खेलको ११ औँ मिनेटमा स्पेनकी लिया कोडिनाले आत्मघाती गोल गरेपछि स्विटजरल्याण्डले अग्रता बनाएको थियो तर, त्यसपछि स्विटजरल्याण्डले एक गोल पनि गर्न सकेन भने स्पेनले पाँच गोल गर्यो । स्पेनका लागि ऐतना बोन्मतीले दुई गोल गरिन् ।
अहिले जापान र नर्वेले खेलिरहेका छन् । महिला विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ का खेल सुरु भएका हुन् । जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागि रहेकोमा १६ वटा टोली अन्तिम १६ मा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
shree kumar Rai
Aug. 6, 2023, 4:09 p.m.Asian heavy team
Birat limbu.
Aug. 5, 2023, 6:04 p.m.जापानले final जितेको हेर्न मन छ।