मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो
माघ ८, २०८१ मंगलबार
काठमाडौं – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पार्नुभएको छ ।
सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको जिकिर गर्नुभयो । ‘संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ’, यादवले भन्नुभयो ।
राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हासिल हुन नसक्ने उहाँको भनाई थियो । सरकार अलमल र द्विधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाउनुभयो ।
प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गर्नुभयो । प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिँदै उहाँले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गर्नुभयो । ‘बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ ?’, यादवले प्रश्न गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।काठमाडौंको एक कार्यक्रममा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताउनुभएको हो ।
भण्डारीले भन्नुभयो, ‘संसारमा यति अराजकता र भ्रष्टाचार कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।’ नेपालमा कुनै पनि नेतामा इच्छा शक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । ‘नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन्’, भण्डारीले भन्नुभयो ।
नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले युवा नेतोको आलोचना गर्नुभयो । युवा नेताहरुले बुढा नेताहरुको लंगौटी समातेर राजनीति गर्ने गरेको भण्डारीको आरोप थियो ।
सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको माग थियो ।
अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उहाँले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।