आँखा पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिन बन्द

 साउन २१, २०८० आइतबार ११:३७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - आँखा  पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द भएका छन् । कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।  

जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको आजको बैठकले भोलि २२ गतेदेखि २६ गतेसम्म पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

सिन्धुलीसहित देशका धेरै ठाउँमा अहिले आँखा  पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया