नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नाैबिसे–नागढुङ्गा सुरुङमार्गको 'रेस्क्यु टनेल' अर्थात् आपत्कालीन सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ । दुई किलोमिटर पाँच सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाण्डाै दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।
सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो । सुरुङ खन्ने काम सकिए पनि अरू काम बाँकी छ । मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने विभागले जनाएको छ । दुई किलोमिटर छ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब पाँच सय २५ मिटर खन्न बाँकी छ । नयाँ समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले दाबी गरेको छ ।
अहिले काठमाण्डाैको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का २२ अर्ब रुपैयाँमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले लिएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।
सुरुङमार्ग बनेपछि नौबिसे–थानकोट सडकको झन्डै आठ किलोमिटर लम्बाइसँगै झन्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा छ । धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट शुरु भएको सुरुङमार्ग काठमाण्डाैको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।