नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले चिकित्सा शिक्षा आयोग गठनपछि शिक्षण संस्था बन्द हुँदा आफूहरूको १५ अर्ब रुपैयाँ लगानी डुबेको दाबी गरेको छ ।
समितिले आज साेमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त दुई सय २८ वटा शिक्षण संस्था बन्द हुँदा १५ अर्ब रुपैयाँ लगानी डुब्नुकाे साथै सात हजारभन्दा धेरै रोजगारी गुमेको दाबी गरेको हो ।
आयोग गठनपछि प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७ वटा, डिप्लोमा तहका ७३ वटा, स्नातक तहका १० वटा र बीएससी नर्सिङका आठ गरी दुई सय २८ वटा शिक्षण संस्था बन्द भएका समितिको दाबी छ । शैक्षिक संस्था बन्द भएपछि तीन वर्षको अवधिमा एक हजार तीन सय ३६ जना विद्यार्थीले ७२ करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति गुमाएका छन् । शैक्षिक संस्था बन्द भएसँगै विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएका समितिले जनाएको छ ।
समितिका संयोजक निर्मल सापकोटाले शैक्षिक संस्थाहरू बन्द हुँदा अहिले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नर्ससहित दक्ष जनशक्तिको अभाव शुरु भएको पनि बताउनुभयो । समितिले प्रमाणपत्र तहको भर्ना अवरुद्ध भएका ७३ वटा नर्सिङ कलेज परिषद्कै निर्णयबाट खोल्न र स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न आफ्नै एक सय शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थालाई परिमार्जन गर्न माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।