च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
मकवानपुर - मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएकाे पहिरोले घर बगाएको हो ।
स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा उद्धार गरिएकी उहाँकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
पहिरोमा परि ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षीया शीला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र पाहुना गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । पहिरो गएको ठाउँ सिक्रेदोभान मकवानपुरको भोर्लेनी र काभ्रेको सीमा क्षेत्रमा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
Raw Been
Aug. 8, 2023, 1:14 p.m.ए मुला पागल पत्रुकार। समाचार एक ठाउँ को अनि फोटो अर्को ठाउँ को??