नेपाल नामिबियासँग फेरि पराजित
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गाेलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ ।
माग अनुसारको उत्पादन नहुँदा गाेलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।
२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।
तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।
यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् ।
त्यस्तै, बजारमा गोलभेडाको भाउ पनि दिनहुँ बढिरहेको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज थोक बजारमा नै ठूलो गाेलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।
यस्तै, सानो गाेलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गाेलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । यो थोक मूल्य हो ।
उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगाे पर्छ । गाेलभेडाको भाउ बढ्नुमा अफसिजन र माग भन्दा कम उत्पादन हुनु नै कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।
अहिले भारतमा पनि गाेलभेडाको भाउ बढेको छ । यसले गर्दा भारतबाट गाेलभेडा भित्रिएको छैन । बरु नेपालबाट केही व्यापारीले भारतमा बिक्रि गरिरहेका छन् ।
गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गाेलभेडा फालेर विरोध गरेका थिए ।
तर, अहिले भने किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गाेलभेडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् । तर, उपभोक्ता भने महँगीको मारमा परेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।