रास्वपा कार्यकर्ताले प्रयाेग गरेकाे वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई चितवन प्रशासनकाे निर्देशन

 साउन २४, २०८० बुधबार १४:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

हिजाे मङ्गलवार नारायणगढ–मुग्लिन सडक खण्डको काली खोलामा पहिरो गएपछि भएको ट्राफिक समस्या व्यवस्थापनका लागि भन्दै ज्याकेटमा 'आरएटी' लेखेर रास्वपाका कार्यकर्ता पनि परिचालन भएका थिए । रास्वपा कार्यकर्ताले वाकिटकी पनि बोकेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निकाल्नुभएको सूचनामा ‘सञ्चारको साधन वाकिटकीसमेत देखिएकोमा त्यसको स्वीकृत र दर्तावाला हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचयविना स्वयंसेवकका रूपमा उद्धारमा सहयोग गर्न आग्रह पनि गरेको छ ।  

रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताउनुभएको थियो । त्यही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो । त्यही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ghana Shyam Pandey

    Aug. 10, 2023, 6:21 p.m.

    देखाउन र देखिने ठाउमा अघि अघि पुग्छन रबि दाइ , काम भन्दा बढि बिज्ञापन गर्न मा माहिर छन , हल्लाखोर र गालिगलौज मा त सर्बश्रेष्ठ नै छन

  •  0 Reply

तपाईको प्रतिक्रिया